images

समता सञ्चालक उत्तम सञ्जेलकी श्रीमतीसहित तीन पक्राउ, उनी भने छुटे

द नेपालटप | प्रकाशित: २०७६-३-५ गते
समता सञ्चालक उत्तम सञ्जेलकी श्रीमतीसहित तीन पक्राउ, उनी भने छुटे

बौद्धस्थित समता अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी पत्नीसहित तीन जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ। कर्मचारी एक महिलाले आत्महत्या गरेको विषयमा अनुसन्धान गर्न प्रहरीले सञ्जेल पत्नीसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।

स्रोतका अनुसार उत्तमकी पत्नी कला सञ्जेल, कर्मचारी पितकुमारी श्रेष्ठ र संगीता केसीलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

तिनै जनालाई महानगरीय प्रहरी बृत्त गौशालामा राखी अनुसन्धान थालिएको प्रहरी स्रोतले बतायो। ‘कर्मचारीको आत्महत्या विषयमा केही अनुसन्धान गर्नुपर्ने देखिएकाले तीन जनालाई नियन्त्रणमा लिइएको हो,’ महानगरीय प्रहरी परिसर स्रोतले भन्यो।

मंगलबार नियन्त्रणमा लिइएका समता अस्पतालका सञ्चालक उत्तमलाई भने प्रहरीले छोडिसकेको छ। समता अस्पतालमा कार्यरत रामेछाप दोरम्बाकी २७ वर्षीया विमला तामाङले सोमबार राति अस्पतालभित्र पासो लगाएर आत्महत्या गरेकी थिइन्।

क्लिनरको काम गर्ने उनले आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। सोही विषयमा आफन्तले आन्दोलन थालेपछि सञ्जेललाई सुरक्षाको कारण देखाई मंगलबार नियन्त्रणमा लिइएको थियो। उनलाई प्रहरीले नियन्त्रणमा लिएपछि आफन्तले शव बुझेका थिए। प्रहरीले शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिसकेको छ।

शव परीक्षणको यथार्थ विवरण नआउँदै सञ्जेल पत्नीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूसँग सोधपुछ भइरहेको प्रहरी स्रोतले बतायो। उनीहरू पक्राउ परेको विषयमा परिसरले औपचारिक जानकारी भने दिएको छैन। ‘उत्तम सञ्जेललाई मंगलबार साँझ नै प्रहरीले छोडिसकेको हो, अरु कोही पक्राउ परेको विषय जानकारीमा आएको छैन,’ परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने।

उनका अनुसार शव त्रिवि शिक्षण अस्पतालमा लगिएपछि पीडित पक्ष र सञ्जेलबीच मंगलबार छलफल गराइएको थियो। तर, दुबै पक्षबीचको छलफल निष्कर्षमा पुगेको थिएन।

सय रुपैयाँमा सबै रोगको उपचार गराउने भन्दै सञ्जेलले सामाजिक अभियान चलाएर अस्पताल सञ्चालनमा गर्दै आएका छन्। उनी नेपालका ठूला प्रतिष्ठित व्यापारी र चन्दादाताको सहयोग लिएर अस्पताल सञ्चालन गर्दै आएका छन्।

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

कृषि विकास बैंककाे प्रमुखमा उपाध्याय आएपछि देखिए सुधारका संकेतहरु

कृषि विकास बैंककाे प्रमुखमा उपाध्याय आएपछि देखिए सुधारका संकेतहरु

काठमाडौं : कृषि विकास बैंकमा नयाँ प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय आएपछि सुधारका संकेतहरु देखापरेको..

पोखरीको शिलान्यास गरेको आरोपमा प्रहरी प्रमुख निलम्बित

पोखरीको शिलान्यास गरेको आरोपमा प्रहरी प्रमुख निलम्बित

काठमाडौं : ललितपुर महानगरका प्रहरी प्रमुख कदमलाल महर्जन निलम्बनमा परेका छन् । महानगरको योजना कार्यान्वयनमा आघात पुर..

मौसमविद् भन्छन्, ‘आगामी तीन दिन मेघगर्जनसहित वर्षा हुन्छ’

मौसमविद् भन्छन्, ‘आगामी तीन दिन मेघगर्जनसहित वर्षा हुन्छ’

काठमाडौं : मनसुन न्यूनचापिय रेखा नेपालको दक्षिणतिर अवस्थित रहेका कारण देशका अधिकांश भूभागमा सामान्यदेखिपूर्ण ब..

भारतीय राजदूतले गरे २५ महिला सा‌ंसदसँग गोप्य बैठक

भारतीय राजदूतले गरे २५ महिला सा‌ंसदसँग गोप्य बैठक

काठमाडौं: नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले प्रतिनिधिसभामा रहेका महिला सांसदहरुसँग छलफल गरेका छन् ।..

तीन महिनादेखि काठमाडौंमा बन्धक तीन पाकिस्तानीको उद्धार

तीन महिनादेखि काठमाडौंमा बन्धक तीन पाकिस्तानीको उद्धार

काठमाडौं : रोजगारीका लागि लिबिया लैजाने लोभमा नेपालमा बन्धक पारिएका तीन जना विदेशी नागरिकको उद्धार गरेको छ। पा..

यतीले पोखराबाट भैरहवा र भरतपुर उडान गर्ने

यतीले पोखराबाट भैरहवा र भरतपुर उडान गर्ने

काठमाडौं : यती एयरलाइन्सले पोखराबाट भैरहवा र भरतपुर उडान गर्ने भएको छ। एयरलाइन्सले साउन १६ गतेदेखि पोखरा–भैरह..