images

पाराग्वेसँग अर्जेन्टिनाको बराबरी 

द नेपालटप | प्रकाशित: २०७६-३-५ गते
पाराग्वेसँग अर्जेन्टिनाको बराबरी 

काठमाडौं : ब्राजिलमा जारी ४६औं कोपा अमेरिकाको आज (बिहिबार)को खेल सम्पन्न भएको छ। यो खेलमा पाराग्वेसँग अर्जेन्टिनाले बराबरीको खेल खेलेको छ। पहिलो हाफमा पाराग्वेले लिएको अग्रतालाई दोस्रो हाफमा मेस्सीले बराबरीमा ल्याएका थिए।

खेलको पहिलो हाफमा पाराग्वेले अर्जेन्टिनामाथि लगातार दबाब कायम राखेको थियो। गोलका बढी अवसर पनि अर्जेन्टिनाभन्दा पाराग्वेले बनाएको थियो। जसकारण अर्जेन्टिनाले दबाबमा खेल्नुपरेको थियो। निकै प्रतिस्पर्धात्मक खेलमा पराग्वेले सुरुबाटै आक्रामक खेल्दै ३७औं मिनेटमा खाता खोलेको हो। बक्सभित्रैबाट रिचार्ड सान्चेजले गोल गरेर पराग्वेलाई १–० को अग्रता दिएका हुन्। खेलको पहिलो हाफमा अर्जेन्टिनाले जवाफी गोल गर्न नसकेपछि ऊ एक गोलले पछि पर्यो।

दास्रो हाफको ५७औं मिनेटमा फरवार्ड लियोनेल मेस्सीले गोलको अवसर पाएका थिए। सो अवसरको सदुपयोग गर्दै उनले खेललाई बराबरीमा ल्याएका थिए। उनले पेनाल्टीमा गोल गरेका हुन्।

यो खेल सकिएसँगै ‘बी’ समूहको दोस्रो खेल सम्पन्न भएको छ। समूहको शीर्ष स्थानमा ६ अंकका साथ पाराग्वे रहेको छ। उसले लगातार दुई खेलमा जित निकाल्दै सो स्कोर बनाएको हो। दास्रो स्थानमा रहेको पाराग्वेको २ अंक मात्र छ। कतार र अर्जेन्टिना एक–एक अंकका साथ क्रमशः तेस्रो र चौथो स्थानमा छन्।

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

साफ उपविजेता महिला टोली विराटनगरमा नगदसहित सम्मानित

साफ उपविजेता महिला टोली विराटनगरमा नगदसहित सम्मानित

काठमाडौं : पाँचौं महिला साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विराटनगर महानग..

क्रिकेटर शक्तिसहित १५ खेलाडी सम्मानित 

क्रिकेटर शक्तिसहित १५ खेलाडी सम्मानित 

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी शक्ति गौचन गृहनगरमा सम्मानित भएका छन्। केही समयअघि क्र..

एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली चीन जाने

एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली चीन जाने

काठमाडौं : नेप्लिज फेडरेसन अफ बडी बिल्डिङ तथा फिट्नेसका दुई खेलाडीसहित ४ सदस्यीय नेपाली टोली ५३ औं एसियाली शार..

युभेन्टसविरुद्धको गोल करियरकै उत्कृष्ट : केन

युभेन्टसविरुद्धको गोल करियरकै उत्कृष्ट : केन

काठमाडौं : इङ्लिस क्लब टोटेनह्यामका स्ट्राइकर ह्यारी केनले आफूले युभेन्टसविरुद्ध करियरकै उत्कृष्ट गोल गरेको बत..

अवरुद्ध रंगशाला निर्माणको काम सुरु हुने

अवरुद्ध रंगशाला निर्माणको काम सुरु हुने

चितवन : चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको रोकिएको निर्माणकार्य मंगलबारबाट सुरु ग..

प्रिमियर लिग फुटबलमा भीएआर प्रविधि लागू हुने

प्रिमियर लिग फुटबलमा भीएआर प्रविधि लागू हुने

काठमाडौं : इङ्लिस प्रिमियर लिग फुटबलमा यस सिजनदेखि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) प्रविधि लागू हुने भएको छ।..