आईपीएलको नयाँ संस्करण मार्च २६ बाट



काठमाडौँ । भारतीय चर्चित क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग(आईपीएल) यस सिजन मार्च २६ बाट सुरु हुने भएको छ । मार्च २६ बाट सुरु हुने आईपीएलको फाइनल भने खेल मे २९मा हुनेछ ।
यसपटक थप २ टीम थपिएसँगै १० टीम सहभागी हुनेछ । खेल भारतस्थित मुम्बइमा ५५ खेल तथा पुणेमा १५ खेल हुने आईपीएल गोर्भरनिगं काउन्सिलले जनाएको छ ।
१० टीम थपिएसँगै टीमहरुलाई २ समूहमा पनि विभाजन गरिएको छ । समूह ‘ए’ मा मुम्बई ईन्डियन्स, कोलकत्ता नाइट्राइर्डस, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स र लकनउ सुपर जायन्टस रहेका छन् भने समूह ‘बी’ मा साविकको विजेता चेन्नई सुपर किंग्स, सनराइर्जस हैदरावाद, रोयल च्यालेन्जर्स बैंगलोर, पन्जाब किंग्स र गुजरात टाइटन्स रहेका छन् ।
यस सिजनको खेल भने सहभागी टोलीले विगतको भन्दा फरक तवरले खेल्ने भएका छन् । यस पटकको खेल कुनै एक समूहमा रहेका सम्पूर्ण टोली एक अर्का विरुद्ध समान २ खेल खेल्नेछन् भने अर्को समूहमा रहेका टोलीको आईपीएलले तोकेको कुनै एक टीमसँग २ खेल र बाँकी ४ टीमसँग एकएक खेल खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्