हत्याकाे साताैं दिन अाज रामविलासकाे शव दाहसंस्कार



सर्लाही : जिल्लाको दक्षिण पश्चिम क्षेत्रस्थित रामनगर गाउँपालिकाको बोहर्वा गाउँमा गत मंगलबार बिहान गोली लागी मृत्यु भएका कांग्रेसका कार्यकर्ता रामविलास महतोको सातौं दिन सोमबार बिहान दाहसंस्कार गरिएको छ ।

 

सरकारले अधिकांश माग पूरा गरेकाले सोमबार बिहान आफन्तले मृतक महतोको शव बुझेर दाहसंस्कार गरेको कांग्रेस सर्लाहीका सभापति नागेन्द्रकुमार रायले जानकारी दिए ।

गतकात्तिक १३ गते मंगलबार गोली लागि मृत्यु भएका ५५ वर्षीय महतोको मनुष्मारा नदीमा दाहसंस्कार गरिएको हो। दाहसंस्कार अघि शवमाकांग्रेस नेताएवं क्षेत्र नं. ४ बाट निर्वाचित संघीय सांसद् डा. अमरेशकुमार सिंहले पार्टीको झण्डा ओडाएका थिए। 

 

आक्रमणमा संलग्न दोषिलाई पक्राउ गर्नुपर्ने, मृतकलाई शहिद घोषणा गर्नुपर्ने, घाईतेलाई निःशुल्क उपचार गर्नुपर्ने, मृतकका परिवार एवं अन्य क्षतिमा राहतउपलब्ध गराउनु पर्ने, अवैध हतियारहरु नियन्त्रणमा लिनुपर्नेलगायत माग पूरा नभएको भन्दै मृतकको शव जिल्ला अस्पतालबाट उठाईएको थिएन।

 

मृतकका परिवारलाई १० लाख रुपैंया दिने, घाईतेहरुलाई निःशुल्क उपचार व्यवस्थामिलाउने काम सरकारबाट भएको तथा घटनामा संलग्न दोषिलाई पक्राउगर्ने क्रम सुरु भएकाले पार्टीले तत्काललाई आन्दोलनको कार्यक्रमसमेत स्थगित गरिएको कांग्रेसले जनाएको छ।

 

नेपालीहरुको महत्वपूर्ण दिपावली एवं छठ पर्व परेकाले हाललाई आन्दोलन स्थगित गरिएको र उक्तपर्वहरु सकिएपछि सम्पूर्ण माग पूरा गराउन दोस्रो चरणको आन्दोलन घोषणा गरिने कांग्रेस सभापति रायले बताए।

 

रामनगर गापा–४, बोहर्वा गाउँमा दुइ पक्षबीच झडप हुँदा कांग्रेस कार्यकर्ता ५५ वर्षीय महतोको गोलीलागि मृत्यु भएको थियो । अघिल्लो दिन सोमबार कार्यालय जाँदै गर्दा बाटोमा एक समूहको कुटपिटबाट सोही वडाका वडाअध्यक्ष रामनरेश महतो गम्भीर घाइते भएकाथिए ।

 

वडाअध्यक्ष माथि मरणासन्न हुनेगरी कुटपीट गर्ने समूहले नै भोलीपल्ट मंगलबार बिहानै गाउँमा आएर बन्दुकसहित आक्रमण गरेको मृतकका आफन्त एवं घाइतेले बताउँदै आएका छन् । मृतक रामविलास वडाअध्यक्ष राम नरेशका काका हुन्।

प्रतिक्रिया दिनुहोस्