मुगुका आगलागी पीडितलाई राहत उपलब्ध गराउने मुख्यमन्त्री शाहीको घोषणा



सुर्खेत : मुगुका आगलागी पीडितलाई प्रदेश सरकारले राहत उपलब्ध गराउने भएको छ। सोमबार आगलागीबाट गमगढी बजारमा १७ वटा घर र ४ घुम्ती जलेर पूर्णरुपमा नष्ट भएका छन् । क्षतिको विवरण संकलनपछि कर्णाली प्रदेश सरकारले राहत उपलब्ध गराउने मुख्यमन्त्री जीवनबहादुर शाहीले घोषणा गरेका हुन् ।

‘तत्कालका लागि अल्पकालीन राहतको व्यवस्था गर्न  स्थानीय प्रशासनलाई निर्देशन दिएको छु, स्थानीय प्रशासनको सिफारिसको आधारमा प्रदेश सरकारले तत्कालै राहत प्याकेज घोषणा गर्ने जानकारी गराउँदछु।’ मुख्यमन्त्री शाहीले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।तत्कालका लागि अल्पकालीन राहतको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्