लगातार नृत्य गरेर ‘वर्ल्ड रेकर्ड’ तोड्न सक्छु : बन्दना नेपाल



काठमाडौँ : नेपाली कला र संस्कृतिलाई विश्वमा चिनाउने उद्देश्यले धनकुटा महालक्ष्मी नगरपालिका मुर्तिढुङ्गा–९ मा जन्मिएकी १७ वर्षीया बन्दना नेपालले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ को लागि १ सय २६ घण्टा लगातार नृत्य गर्ने घोषणा गरेकी छन् ।

 

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर बन्दनाले १ सय २६ घण्टा लगातार नृत्य गरेर ‘विश्व रेकर्ड’ हाँसिल गर्नको लागि आफू तयार रहेको बताइन् ।

 

नेपाली संस्कृति र सभ्यतामाथि पश्चिमा संस्कृतिले आक्रमण गरिरहेको बताउँदै नृत्याङ्गना नेपालले त्यसलाई रोक्नको लागि आफूले ‘कल्चरल’ पोशाकमा उक्त नृत्य गर्न लागेको जानकारी दिइन् ।

 

उनले भनिन्,‘म सानैदेखि नृत्यकर्ममा रुचि राख्ने माान्छे हुँ, आजको दिनसम्म म यसै क्षेत्रमा लागिरहेकी छु, हाम्रो सभ्यता र संस्कृतिलाई पश्चिममा संस्कृतिले आक्रमण गरिहरहेको छ, यसलाई हामीले रोक्नुपर्छ, हाम्रो संस्कृतिलाई विश्वमा चिनाउनुपर्छ, त्यो कर्तव्य हाम्रै हो, हरेक नेपालीहरुले देशको शीर माथि उठाउने काम गर्नुपर्छ, म आँफैमा ढुक्क छु, तरपनि सम्पूर्ण नेपालीहरुको आशिर्वाद लिएर यस कर्ममा होमिन चाहन्छु र मलाई यो उद्देश्य पूरा गर्नको लागि यहाँहरु सबैको साथ र सहयोगको अपेक्षा पनि गर्न चाहन्छु ।’

 

विगत १५ वर्षदेखि काठमाडौँमा बसोबास गर्दै आएकी बन्दना हाल नयाँ बानेश्वरमा अवस्थित् चेल्सी ईन्टरनेशनल कलेजमा कक्षा १२ मा अध्ययनरत छिन् ।

प्रतिक्रिया दिनुहोस्