प्रहरीका ८ डीएसपी एसपीमा बढुवाका लागि सिफारिस



काठमाडाैँ : नेपाल प्रहरीका ८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले थप ८ जना डीएसपीलाई एसपीमा बढुवा गरेको हो । समितिका सदस्य सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) विश्वराज पोखरेलले ८ जना डीएसपीलाई बढुवाका लागि सिफारिस गरेको जानकारी दिए।

उनका अनुसार बढुवा सिफारिसको पहिलो नम्बरमा डीएसपी जनबहादुर शाही रहेका छन्। उनी प्रहरी प्रधान कार्यालय अन्तर्गतको सुरक्षा सेवा निर्देशनालयमा कार्यरत छन्। यस्तै, डीएसपीहरू रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुन प्रसाद तिमिल्सीना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट पनि एसपी बढुवाका लागि सिफारिस भएका छन्। एकैपटक भर्ना भएका अन्यको बढुवा भएपनि यी आठजना बढुवा हुनबाट छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्