गुरु नानक जयन्ती मनाइयो



काठमाडौं । काठमाडौं उपत्यकामा रहेका शिख धर्मावलम्बीहरुले विभिन्न गुरुद्धारामा भेला भएर गुरु नानक जयन्ती मनाएका छन् । ललितपुरको कुपण्डोलस्थित गुरुद्धारामा धुमधामका साथ उनीहरुले गुरु नानकलाई सम्झिएका हुन् । त्यसैगरी, काठमाडौँको पशुपति तथा म्हहिपीमा रहेका गुरुनानक मठमा पनि गुरु नानक जयन्ती मनाइएको छ ।
विश्वभरि छरिएर रहेका शिख धर्मावलम्बीहरुले गुरुद्वारामा गएर भव्य रुपमा आराधना गर्ने गरेका छन् । शिख समुदायले आजको दिनलाई गुरु नानक प्रकाशोत्सव र गुरुपर्व भनेर मनाउने गर्दछन् । आजको दिन गुरुद्वारा तथा मठहरूमा शिख धर्मालम्वीहरुको पवित्र ग्रन्थ गुरु ग्रन्थ साहिब पढ्ने पढाउने गरिन्छ । गुरु नानकको जन्म विसं १५२६ कात्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो । गुरु नानकलाई मानवता धर्म र सर्वशक्तिमान इश्वर एक मात्र छन् भन्ने धार्मिक दर्शनका प्रवर्तक मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्