कांगेस निर्वाचन : पाैडेलकाे गृहजिल्ला तनहुँमा क-कसले जिते ?



काठमाडौँ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत तनहुँका दुई प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन भएको छ । एउटामा मतदानमार्फत र अर्कोमा निर्विरोध नेतृत्व चयन भएको हो । तनहुँ क्षेत्र नम्बर १ (क) को सभापतिमा विश्वेश्वर खनाल निर्वाचित भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनाबाट दुई सय ९० मत प्राप्त गर्दै खनाल सभापतिमा निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी शेष मोहम्मद हनिफ (गोरा मियाँ) ले दुई सय १६ मत प्राप्त गरे । यसैगरी उपसभापतिमा बलबहादुर पोखरेल, राजु खड्का, सचिवमा ईश्वरप्रसाद पौडेल र हरिप्रसाद ढकाल, सहसचिवमा माधव न्यौपाने र मीनबहादुर गुरुङ निर्वाचित भए । प्रदेश प्रतिनिधिमा भने मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ । यसैगरी क्षेत्र नम्बर २ प्रदेश (ख) को सभापतिमा इन्द्रबहादुर आले निर्विरोध निर्वाचित भएका छन् । दुई उपसभापतिमा इमानसिंह थापा र आनन्ददेव श्रेष्ठ निर्विरोध निर्वाचित भए ।

सचिवमा सुशीलकुमार श्रेष्ठ र अशोक गिरी, सहसचिवमा चुननारायण श्रेष्ठ र माधव लम्साल निर्विरोध निर्वाचित भए । यसैगरी प्रदेश अधिवेशन प्रतिनिधिमा विष्णुवीर थापा, नारायणप्रसाद भट्टराई, ध्रुवकुमार श्रेष्ठ, सीता कुमाल, मदन थापा, मीरा आले थापा, श्रीराम आले, मथुराकृष्ण श्रेष्ठ, राजेन्द्र अर्याल, भविसरा आले, विजयराज सुवेदी, पदमबहादुर थापा, तिलिसिरा थापा, रोमाया थापा, प्रभात आले, कुलबहादुर सुनार र चिनबहादुर आले निर्विरोध निर्वाचित भएका छन् । तनहुँ क्षेत्र नम्बर १ (ख) र तनहुँ क्षेत्र नम्बर २ (क) मा भने मतगणना भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्