डाेल्पामा जिप खस्याे : १० जनाकाे घटनास्थलमै मृत्यु, दुई जनाकाे अवस्था गम्भीर



डोल्पा : ठूलीभेरी नगरपालिका ९ मा जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन भने दुईको जीवितै उद्धार गरिएको छ ।

 

डोल्पाका प्रहरी प्रमुख अवदेश विष्टले बताएअनुसार दुनैबाट सुपानी जाँदै गरेको जिप ठूलीभेरी ९ को कालागौँडादेखि १ सय ५० मिटर अगाडि दुर्घटनामा परेको हो । ७ पुरुष र ३ महिलाको मृत्यु भएको छ । 

 

घटनामा मृत्यु भएकको दुनै अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्