२२ एसपीहरूको सरुवा, को कहाँ पुगे ?



काठमाडौँ : नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवम् प्रशासन विभागका अनुसार मङ्सिर ४ गते प्रहरी महानिरीक्षकको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको हो।

केही काठमाडौंभित्र काम गरिरहेका एपीलाई बाहिर पठाइएको छ भने केही विभिन्न जिल्लामा काम गरिरहेकाहरुलाई काठमाडौँ तानिएको प्रहरी उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट प्रहरी उपरीक्षक अवि नारायण काफ्लेलाई जिल्ला प्रहरी कार्यालय सप्तरी सरुवा गरिएको छ भने जिल्ला प्रहरी कार्यालय तनहुँबाट दिनेशराज मैनालीलाई महानगरीय प्रहरी परिसर काठमाडौँ सरुवा गरिएको छ ।

त्यस्तै, नेपाल प्रहरी प्रधान कार्यालय कानुन शाखा नक्सालमा रहेका वसन्त रजौरेलाई जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्