सुर्खेतबाट काठमाडौँका लागि छुटेको बस दुर्घटना : २९ जना घाइते



दाङ : दाङमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । वडा प्रहरी कार्यालय लमहीका अनुसार सुर्खेतबाट काठमाडौंँ जाँदै गरेको कर्णाली प्रदेश००–००१ख०२१९ नम्बरको बस लमही नगरपालिका–३ नारायणपुरमा दुर्घटना हुँदा २९ जना यात्रु  घाइते भएका हुन् । उनीहरूको अवस्था मध्यम रहेको छ । 

आइतबार बिहान पौने २ बजेतिर बसको पट्टा भाचिएर दुर्घटनामा परेको हो । घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ भने सात जना घाइतेको थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको प्रहरीले जनाएको छ । घाइतेहरूको नाम ठेगाना भने खुल्न बाँकी रहेको छ । बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्