नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्ट आयोजना



काडमाडौं । काठमाडौंमा नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्ट आयोजना भएको छ । डीएभी सुशील केडिया विश्व भारती स्कूल र संस्कृति भारतको सहकार्यमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय दूतावासले नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्ट आयोजना गरेको हो ।
कन्सर्टको उद्घाटन लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले गरेका थिए । त्यस अवसरमा डीएभी सुशील केडिया विश्व भारती स्कूलका अध्यक्ष अनिल केडिया र भारतीय दूतावासका प्रथम सचिव (प्रेस, सूचना र संस्कृति)) नवीन कुमारको पनि उपस्थिति थियो ।
त्यस अवसरमा अध्यक्ष ठाकुरले नेपाल र भारतकोे साझा सांस्कृतिक सम्पदा र दुई मित्रतापूर्ण छिमेकीहरू बीचको सदियौं पुरानो सम्बन्धलाई प्रवद्र्धन र संरक्षण गर्न युवा कलाकार र विद्यार्थीहरूको महत्वपूर्ण भूमिका रहनेमा जोड दिए । यस्तै, भारतीय दूतावासका प्रथम सचिव कुमारले भारत र नेपालका कलाकारहरुको रमाइलो प्रस्तुति र आफ्नो कलाको माध्यमबाट दुई देशका जनतालाई एकताबद्ध गराउन योगदान दिएको उल्लेख गरे ।
कार्यक्रममा भारतका चर्चित कलाकारहरू गायिका डा. रञ्जना झा, नर्तकहरू यामिनी शर्मा र रिजुला मिश्र तथा नेपालका स्वजन रघुवंशी समूहले आफ्नो प्रस्तुति दिएका थिए । नेपाल र भारतका सीबीएसई स्कूलका युवा विद्यार्थीहरूले पनि सांस्कृतिक प्रदर्शनी प्रदर्शन गरेका थिए ।
यो कार्यक्रम भारतको स्वतन्त्रताको ७५ वर्ष मनाउन र स्मरण गर्न भारत सरकारको पहल ‘आजादी को अमृत महोत्सव’ को एक हिस्सा थियो ।

प्रतिक्रिया दिनुहोस्