राष्ट्रपतिद्वारा महोत्तरीमा रङ्गशाला उद्घाटन



जनकपुरधाम । राष्ट्रपति विद्या देवी भण्डारीले देश बचाउन चुरे दोहन रोक्नु पर्ने बताएकी छन् । सोमबार महोत्तरीको नव निर्मित रङ्गशाला उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । “देशलाई बचाउन चुरे दोहन रोक्नु पर्छ । दोहन रोक्ने प्रणालीलाई व्यवस्थित गर्नु पर्छ । चुरे दोहन रोकेपछि मात्र दिगो विकास हुन्छ,” उनले भनिन् ।
चुरे देशबासी र तराइका लागि लाइरुफ लाइन रहेको भन्दै उनले चुरे उजाडले देशलाई ठूलो घाटा भइरहेको बताइन् । सरकारलाई चुरे दोहन रोक्न उनले ध्यानकर्षण गराइन् । देशमा स्वरोजगारको व्यवस्था गर्न पनि उनले जोड दिइन् ।
राष्ट्रपति भण्डारीले महोत्तरीको मटिहानीस्थित नवनिर्मित रङ्गशालाको उद्घाटन गरेकी हुन् । त्यस्पछि राष्ट्रपति भण्डारीले नेपालकै जेठो विद्यालय राजकीय संस्कृत माध्यमिक विद्यालयको अवलोकन, ५५० वर्षको इतिहास बोकेको मटिहानीस्थित लक्ष्मी नारायण मठ र जलेश्वरस्थित जलेश्वरनाथ महादेवको दर्शन गरिन् ।

प्रतिक्रिया दिनुहोस्