महाशिवरात्रीका लागि चिटिक्क पारिएको पशुपति क्षेत्र (फोटोफिचर)



काठमाडौं । पशुपति क्षेत्रमा महाशिवरात्री पर्वको रौनक छाएको छ । महाशिवरात्री पर्वलाई उल्लासमय बनाउन भित्तामा भगवानका चित्र कोरेर आकर्षकरुपमा सजाउनुका साथै रंगरोगन गरेर पशुपति क्षेत्र चिटिक्क पारिएको छ ।

पशुपति क्षेत्रका खाली भित्ता भगवान् शिव, पार्वतीलगायत देवीदेवताका चित्रले आकर्षित बनेको छ । पशुपति क्षेत्रलाई झिलीमिली बनाउने गरि काम धमाधम भइरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यसवर्ष महाशिवरात्रीको अवसरमा देशविदेशबाट १० लाखभन्दा बढी भक्तजनहरु आउने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ । गत वर्ष कोरोनाले शिवरात्री सुनसान बनेपछि यो वर्ष धेरै भक्तजन आउने अनुमान गरिएको हो । यतिबेला पशुपतिनाथ मन्दिरमा साधुसन्तको आगमन पनि भइसकेको छ । शिवरात्रीकै लागि भारत र मलेशियाबाट झण्डै दुई हजारको हाराहारीमा साधुसन्त आउने अनुमान छ ।

 

विगतभन्दा यो वर्ष धेरै भीडभाड हुने देखिएपछि कोषले सुरक्षा व्यवस्था पनि कडा पारेको छ। सुरक्षाका लागि नेपाल प्रहरीबाट पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने कोषले जनाएको छ । त्यसैगरी, सशस्त्र प्रहरी, अनुसन्धान विभाग र नेपाल स्काउटका स्वयंसेवक पनि शान्तिसुरक्षामा संलग्न हुने कोषको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्