गाैरीफन्टामा भारतीय सुरक्षाकर्मीकाे ज्यादती राेकिएन



धनगढी : सुदूरपश्चिमको गौरीफन्टा नाकामा फेरि भारतीय प्रहरीको ज्यादती सुरु भएको छ । चाडबाडका बेला घर फर्किने नेपालीहरुबाट भारतीय सुरक्षाकर्मीले ठाउँठाउँमा रकम असुल्दै नेपालीप्रति दुव्र्यवहार गर्न थालेका छन् । 

 

रोजगारीका लागि भारत पसेका नेपालीले तिहार सुरु भएपछि सीमानाकामा दुव्र्यवहार भएको भन्दै गुनासो गर्न थालेको छ ।  

 

आइतबार सीमा नाकामा भेटिएका थुप्रै नेपालीले भारतीय सुरक्षाकर्मीले रकम पनि लिएको र दुव्र्यवहार पनि गरेको बताएका छन् । तिहारका लागि परिवारलाई ल्याएको लुगालगायत सामानम उनीहरुले भारतीयहरु सुरक्षाकर्मीलाई ठूलो रकम बुझाउने गरेका छन् ।  

 

हुन त कामका लागि भारत जानेहरुका लागि सीमा क्षेत्रको सास्ती नयाँ कुरा भने होइन । हरेक वर्ष दर्सै र तिहारका लागि घर फर्किने बेला उनीहरु यसरी लुटिने गरेका छन् । उनीहरुको यात्रामा लाग्ने खर्चभन्दा बढी सीमा नाकामै हुने गरको छ । 

 

प्रदेश सरकार बनेपछि सीमामा आवागमन सहज होला भन्ने आशा पलाएको बेला फेरि तिहारमा अवैध रकम असुली र दुव्र्यवहारका घटना दोहोरिन थालेका छन् । भारतबाट काम गरेर नेपाल फर्किरहेकी पार्वती विकले त एकै ठाउँमा पाँच सय रुपैयाँ लिएको गुनासो गरिन् । 

 

दसैंको मुखमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गौरीफन्टा सीमा नाकाको छड्के अनुगमन गरेका थिए । नेपालतर्फ र सीमामा बसेका भारतीय अधिकारीलाई उनले मजदुरीका लागि भारतबाट फर्किरहेका नेपालीहरुको आवागमन सहज बनाउन निर्देशन पनि दिएका थिए ।

 

तर नेपालतर्फ आवागमनमा कुनै अप्ठेरो नभए पनि भारतीय सुरक्षाकर्मीले भने पुरानो रवैया फेरि दोहोर्‍याएका छन् । मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले त्यसो भए फेरि मुख्यमन्त्री कार्यालयको टोली सीमा नाका जाने बताए ।

प्रतिक्रिया दिनुहोस्