रुस र युक्रेनबीच बेलारुसमा वार्ता सुरु



एजेन्सी । रुस र युक्रेनबीच बेलारुसमा वार्ता सुरु भएको छ । जारी युद्धलाई शान्तिपूर्ण ढंगले समाधान गर्न रुस र युक्रेनका प्रतिनिधिबीच बेलारुसको सीमा नजिकै वार्ता सुरु भएको हो ।

युक्रेनी राष्ट्रपतिका सल्लाहकारले मिखाइलो पोडोलियकले एक सन्देशमार्फत् दुवै पक्षका प्रतिनिधिबीच वार्ता सुरु भएको जानकारी गराएका हुन् ।

वार्ता सुरु हुनुपूर्व युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको कार्यालयले एक विज्ञप्ति जारी गर्दै रुसलाई तत्काल युद्ध विराम गरी सेना फिर्ता गर्न माग गरेको छ ।

युक्रेनी वार्ता टोलीमा रक्षामन्त्री ओलेक्सी रेज्निकोभ, सहायक विदेशमन्त्री मिकोला तोकित्स्कीसहितका अधिकारीहरू रहेका पनि विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, जेलेन्स्कीले वार्ताबाट परिणाम निस्कने कुराप्रति आशंका व्यक्त गरेका छन् । तर वार्ताको प्रयास राम्रो भएको पनि उनको भनाइ छ । उनले नयाँ भिडियो सन्देशमा रुसी सेनालाई आत्मसमर्पण गरेर फिर्ता जान समेत भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्