काठमाडौंका चार स्थानबाट एक महिनासम्म कोभिड–१९ विरुद्धको खोप



काठमाडौं । सरकारले काठमाडौंका मुख्य चार स्थानबाट एक महिनासम्म कोभिड–१९ विरुद्धको खोप दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै सबै नागरिकमा खोप सहज तरिकाले वितरण गर्न यही मंसिर ५ देखि आउँदो पुस ५ गतेसम्म काठमाडौंका मुख्य चारवटा स्थानबाट खोप वितरण गर्न लागिएको जनाएको छ ।
प्रत्येक दिन बिहान १० देखि दिउँसो ३ बजेसम्म ती केन्द्रबाट कोभिड–१९ विरुद्धको एष्ट्राजेनेका र भेरोसेल खोप दिइनेछ ।
यी हुन् काठमाडौंमा खोप केन्द्र
१. बयोधा हस्पिटल, बल्खु
२. जडीबुटी प्रशोधन केन्द्र, कोटेश्वर
३. नयाँ बसपार्क, गोंगबु
४. कलंकी चोक

प्रतिक्रिया दिनुहोस्