३५१ कोरोना संक्रमित थपिँदा ९ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३५१ जना कोभिड संक्रमित थपिएका छन् । १० हजार १७४ वटा नमुनाको परीक्षण गर्दा ३५१ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५०९ पुगेको छ ।
त्यस्तै मंगलबार २७३ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ३०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४४ जना कोभिड संक्रमित थपिएका छन् । मंगलबार काठमाडौंमा १०५, भक्तपुरमा ९ र ललितपुरमा ३० जना संक्रमित थपिएका हुन् ।
योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार ६०७ पुगेको छ ।
देशभर ६ हजार ८६९ जना होम आइसोलेसनमा, ४३१ जना संस्थागत आइसोलेसनमा, २२३ जना आईसीयू तथा ५१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्