लाओसमा बढ्यो चीनविरोधी भावना



काठमाडौं । चीनको सांघाईस्थित कम्पनी वाङ फेङ सांघाई रियल स्टेटले विशेष आर्थिक क्षेत्रमा एक सय मिटर अग्लो बुद्धको मूर्ति बनाएपछि चीनविरोधी भावनामा वृद्धि भएको हो ।
पाँच बिलियन डलरमा भियनटाइनस्थित मेकोङ नदीको किनारमा उक्त बुद्धमूर्ति राखिएको छ। लाओसका सञ्चारमाध्यमहरुका अनुसार उक्त बुद्धमूर्तीलाई गलतरुपमा चित्रण गरिएको भन्दै आलोचना सुरु भएको हो ।
सामाजिक सञ्जालहरुमा कम्पनीले बुद्धिस्टहरुको भावनामा चोट पु¥याउने काम गरेको भन्दै आलोचना सुरु भएको हो । महायान परम्पराविरुद्ध हुने गरी बुद्धलाई दुई खुट्टा एकआपसमा जोडेर उक्त मूर्ति बनाइएको जनाइएको छ ।
निकै अग्लो उक्त बुद्ध मूर्तिमा सुनको जलप लगाइएको छ । जसलाई लायोटियनको सार्वभौमिकताको प्रतीकको रूपमा चित्रण गरिएको छ । चीनले लायटियन बुद्धप्रति बढी झुकाव राख्न थालेको भन्दै उक्त मूर्ति स्थापना गरिएको हो ।
त्यसैगरी चिनियाँ कम्पनीले १५ वर्षदेखि सुन तस्करी सुन खानीसम्बन्धी एक परियोजनामा काम गरिरहेको र सन् २०२० सम्म उक्त नदीलाई निकै कुरूप बनाएको पाइएपछि कम्पनीको चर्को विरोध गरिएको थियो । उक्त कम्पनीलाई फिर्ता जानसमेत दबाब दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्