माओवादी नेता रामचन्द्र झा नेकपा समाजवादीमा प्रवेश



जनकपुरधाम । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री रामचन्द्र झा औपचारिकरुपमा नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् । नेकपा एमालेबाट नेकपा माओवादी हुँदै डा. बाबुराम भट्टराईसँग नयाँ शक्तिमा गएका नेता झा पुनः माओवादी हुँदै नेकपा (एकिकृत समाजवादी) मा प्रवेश गरेका हुन् ।
धनुषा जिल्लाको निर्वाचन क्षेत्र नं २ को तिनकौरीयामा मंगलबार आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता झासहित २ हजार ५ सय जना नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नव प्रवेशी झालाई फूलमाला, गम्छा लगाएर पार्टी प्रवेश गराएका थिए । नेकपा एमालेवाट नेकपा माओवादी केन्द्र हुदै झा नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।
यसैगरी जनकपुरधाम उप–महानगरपालिका क्षेत्रवाट वरिष्ठ दन्त चिकित्सक डा. अजय कुमार झाको नेतृत्वमा नेपाली कांग्रेस परित्याग गरेर ५ सय जना नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । मिथिला अस्पताल प्राइभेट लिमिटेड र मिथिला टेक्निकल एकेडमीका सञ्चालक समेत रहेका डा. झा नेपाली कांग्रेसको भातृसंगठन नेविसंघबाट आफ्नो राजनीतिक यात्रा सुरुवात गरेका थिए । डा. झा नेविसंघ धनुषाका जिल्ला अध्यक्षसमेत रहिसकेका हुन् ।

प्रतिक्रिया दिनुहोस्