बेपत्ता भएकाको खोजी गर्न गएको गोताखोर टोली फिर्ता



हुम्ला : हुम्लाको खार्पुनाथ गाउँपालिकास्थित कर्णाली नदीमा जिप खस्दा बेपत्ता भएकाहरूको खोजीमा खटिएको सशस्त्र प्रहरीको गोताखोर टोली फर्किएको छ। नेपाल प्रहरीको टोलीले भने डुंगामार्फत खोजी कार्यलाई निरन्तरता दिएको छ।

चितवनको कुरिनटारबाट गएको सशस्त्र प्रहरीको गोताखोर टोली शुक्रबार फर्किएको हो। सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक किशोर प्रधानका अनुसार पानीको बहाव तेज भएका कारण खोजी कार्यमा कठिनाइ भएकोले टोली फर्किएको हो।

गोताखोर टोलीले दुर्घटनास्थल आसपासको दुई किलोमिटर क्षेत्रमा गत मंगलबारदेखि खोजी गरिरहेको थियो। गएको मंगलबार खार्पुनाथ गाउँपालिका–५ मा लु १ज ७१६६ नम्बरको जिप कर्णाली नदीमा खस्दा जिपमा सवार १० जना बेपत्ता भएका थिए।

यसैबीच, जिप दुर्घटनामा बेपत्ता भएका परिवारजनले भने सामूहिक पुत्ला बनाइ उनीहरूको अन्तिम संस्कार गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्