मन्त्रीलाई हराउँदै माओवादी केन्द्र सुदूरपश्चिम अध्यक्ष बने उत्सव



धनगढी । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ विजयी भएका छन्। कैलालीका उत्सवले सुदूरपश्चिम सरकारका पर्यटन मन्त्रीसमेत रहेका दार्चुलाका मानबहादुर धामी ‘सन्तोष’लाई हराएका हुन् ।

चौधरी राष्ट्रियसभा सदस्य पनि हुन् । कुल २१० मत खसेकामा चौधरी ११४ मत र धामीले ९३ मत पाएका हुन् । उपाध्यक्षमा अक्कल रावल, मानसिंह माल र रणबहादुर कुँवर  विजयी भएका छन् । त्यस्तै सचिवमा जनक बुढा निर्वाचित भएका छन् भने  सहसचिव नन्दबहादुर साउद ‘राजेन्द्र’  रामबहादुर देवकर र अन्जिता श्रेष्ठ चयन भए । कोषाध्यक्षमा कमलकुमारी शाह (शाही)  विजयी भएकी छन् । माओवादी केन्द्र सुदूरपश्चिमले अधिवेशन उद्घाटनकाे तीन महिनापछि निर्वाचनबाट नयाँ नेतृत्व पाएकाे हाे

प्रतिक्रिया दिनुहोस्