पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै विद्यार्थी संगठनले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन



पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध आन्दोलनरत ६ विद्यार्थी संगठनले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् ।
बुधबार प्रधानमन्त्रीलाई भेटेर उनीहरुले ज्ञापन बुझाएका हुन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण आधारभूत जनताको दैनिकीमा प्रत्यक्ष असर परेको भन्दै उद्योग मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्रीलाई विद्यार्थी संगठनका नेताहरुले भेटेरै ज्ञापनपत्र बुझाएका हुन् ।
त्यसक्रममा विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थमा अत्यधिक कर लगाइएको भन्दै कर घटाएर मूल्य घटाउन माग गरेका थिए ।
जवाफमा प्रधानमन्त्रीले त्यसबारे बुझेर आवश्यक निर्णय लिने बताएको अखिल (छैठौं) का अध्यक्ष देवेन्द्र कुँवरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्