जसपाले गर्‍यो सांसद प्रदीप यादवलाई कारबाही



काठमाडौँ : जनता समाजवादी पार्टीले संघीय सांसद प्रदीप यादवलाई केन्द्रीय सदस्यबाट हटाएको छ। यादवलाई पार्टी केन्द्रीय सदस्यबाट घटुवा गरी साधारण सदस्यमात्र बनाइएको केन्द्रीय सदस्य प्रमोद साहले बताए। उनका अनुसार काठमाडौंमा सम्पन्न पार्टीको कार्यकारिणी समितिको बैठकले यादवलाई कारबाही गरेको हो ।

यादव पर्सा क्षेत्र नं. १ बाट निर्वाचित सांसद हुन् । यसअघि पार्टीले उनलाई स्पष्टीकरण सोधेको थियो। यादवलाई केन्द्रीय समितिबाट हटाएर उनका विरोधी मानिएका वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको छ । सरावगी पहिलो पटक केन्द्रीय सदस्य बनेका हुन् । गठबन्धन सरकारको मन्त्रीमण्डल विस्तारमा जसपाबाट मन्त्रीमा समावेश नगरेपछि सांसद यादवले पार्टी नेतृत्वविरुद्ध अभिव्यक्ति दिएका थिए।

प्रतिक्रिया दिनुहोस्