राजेन्द्र लिङदेनले घोषणा गरे राप्रपा अध्यक्षमा उम्मेदवारी



काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद राजेन्द्र लिङ्देनले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। दरबारमार्गस्थित एक होटलमा विहीबार पत्रकार सम्मेलनको आयोजना गरेर नेता धवलशम्शेर राणाको समर्थनमा लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा कार्यक्रममा लिङ्देनले अध्यक्षत्रय कमल थापा, पशुपति शम्सेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीलाई बन्धक बनाएर राखेको भन्दै अब पार्टीको परम्परागत गुट अन्त्य गर्ने बताए । उनले आफू पार्टीको अध्यक्ष बने देशमा कांग्रेस–कम्युनिष्टले गर्न नसकेको काम गर्ने बताए । कार्यक्रममा नेता धवलशम्शेरले पार्टीमा नयाँ अनुहार दिन नसके पार्टी सिद्धिने बताए।

आफूहरूले पार्टीमा नयाँ सुरुवात गर्न लागेको राणाले बताए । अब महाधिवेशनमा लिङ्देनले अध्यक्षका लागि वर्तमान कमल थापासँग प्रतिस्पर्धा गर्नेछन् । राप्रपाको केन्द्रीय सदस्य रहेकी नायिका रेखा थापाले पनि लिङदेनलाई नै साथ दिने भएकी छिन् । राप्रपाको महाधिवेशन मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्