ओलीलाई पदबाट हटाउन मात्रै एमसीसीमा विवाद देखाइयो : एमाले



काठमाडौं । नेकपा एमालेले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउन कै लागि मात्र एमसीसीमा विवाद देखाइएको आरोप लगाएको छ ।

संसद्बाट अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन भएपछि आफ्नो धारणा सार्वजनिक गर्न एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीलाई पदत्यूत गर्ने उद्देश्यले मात्र एमसीसीमा विवाद सुरु गरिएको बताएको हो ।

व्याख्यात्मक टिप्पणी जनतालाई ढाँट्ने प्रयास मात्र भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्