यी क्षेत्रमा हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह



काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको चेतावनी र परामर्श जारी गर्दै १ नम्बर, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले देशभर चिसो बढ्ने क्रममा रहने देखिएकाले आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।

महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा बिहान र साँझ चिसो बढेको छ । तराईका कतिपय जिल्लामा तुवाँलो लाग्न थालेको हो । ‘देशभर चिसो बढ्ने क्रममा समेत रहने देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले बुलेटिनमा भनेको छ । शुक्रबार काठमाडौंमा न्यूनतम तापक्रम ८।२ डिग्री सेल्सियसमा झरेको छ, अधिकतम तापक्रम २० रहने आँकलन गरिएको छ । अधितम र न्यूनतम तापक्रमबीचको ग्याप घट्दै जाँदा चिसो झन बढ्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्