एमालेले सभामुख सापकोटालाई महाअभियोग लगाउसक्ने



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्नि सापकोटालाई महाअभियोग लगाउनसक्ने बताएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख सापकोटाले राजीनामा दिनुपर्ने भन्दै नदिए महाभियोग लगाउन सकिने पनि बताएका हुन् । आजआयोजित पत्रकार सम्मेलनमा उनले सभामुखको क्रियाकलाप अनुचित रहेको जिकिर गरेका छन् ।

अ‍ोलीले सत्ता गठबन्धनले जस्तो राजनीति एमालेले नगर्ने पनि बताए । गठबन्धनमा रहेका दलहरु एक्लै चुनावमा जान सक्ने हैसियतमा नरहेको जिकिर गर्दै ओलीले कमजोर भएकैले गठबन्धन खोजेको बताए ।

ओलीले उनीहरु गठबन्धन बनाएर वा एक्लै जसरी गएपनि त्यसमा एमालेलाई कुनै फरक नपर्ने बताए । एमाले एक्लै चुनाव लड्न सक्षम रहेको बताउँदै उनले आउने चुनावको परिणाम पर्खिन आग्रह पनि गरे ।

प्रतिक्रिया दिनुहोस्