३५४ जना संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५८ जना कोभिड १९ संक्रमित थपिएका छन् । ६ हजार ५०४ वटा नमुनामा परीक्षण गर्दा १५८ जनामा संक्रमण पुष्टि भएको हो ।
मंगलबार ३५४ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ९७१ पुगेको छ ।
मंगलबार थप दुईजनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३२ जना कोभिड संक्रमित थपिएका छन् ।
काठमाडौंमा २७ र ललितपुरमा ५ जना संक्रमित थपिएका हुन् । भक्तपुरमा भने नयाँ संक्रमित थपिएका छैनन् ।
मंगलबारसम्म काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजार ४६९ पुगेको छ । देशभर ७ हजार ७७३ जना होम आइसोलेसनमा, १९८ जना संस्थागत आइसोलेसनमा, ७५ जना आईसीयू तथा ८ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्