पूर्वराजदूत झाको हत्या अनुसन्धान अघि बढेन



काठमाडौं : पूर्वराजदूत केशवराज झाको हत्या अनुसन्धान अझै टुंगोमा पुगेको छैन । ७७ दिन बितिसक्दा पनि प्रहरीले हत्यामा संलग्न व्यक्ति र कारणबारे सुराकसम्म पाउन सकेको छैन ।

गत ४ भदौमा काठमाडौं बबरमहलस्थित आफ्नै निवासमा झाको हत्या भएको थियो । उनको घाँटी र टाउकोमा धारिलो हतियार प्रहार भएको थियो ।

प्रहरीले अनुसन्धानका क्रममा उनकै घरमा सहयोगीका रूपमा कार्यरत सानुकान्छा तामाङ, आइतसिंह तामाङ र जयबहादुर गुरुङलाई नियन्त्रणमा लिएको थियो । हत्यामा संलग्नता पुष्टी नभएपछि उनीहरूलाई छाडिसकिएको छ । तीनै जना जनही रु। ८ हजार धरौटीमा छुटेका हुन् ।

पोस्टमार्टम रिपोर्टमा उनको मृत्यु ‘घाँटीमा गहिरो चोट’का कारण भएको उल्लेख छ । प्रहरीको महानगरीय अपराध महाशाखाले हत्याराको सुराक नपाइएका कारण अनुसन्धान अगाडि बढ्न नसकेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्