नेकपा महासचिव विप्लव पुगे श्रेष्ठ निवासमा



काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा (माओवादी) केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई भेट्न आज बिहान उनको निवास पुगेका छन् ।

एमसीसी सम्झौतालाई लिएर माओवादीभित्र अन्तरसंघर्ष चर्किरहेका बेला ‘विप्लव’ श्रेष्ठलाई भेट्न उनको निवास हात्तिवन पुग्नुलाई चासोको साथ हेरिएको छ । एमसीसीबारे श्रेष्ठ र ‘विप्लव’ दुवै एमसीसीको विपक्षमा रहेका छन् ।

यता एमसीसी अनुमोदनको विपक्षमा उभिएका पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई फकाउन अध्यक्ष प्रचण्ड मंगलबार हात्तीवनस्थित श्रेष्ठ निवासमा पुगेका थिए । दुई नेताहरूबीच मन माझामाझ नभएपछि प्रचण्डले आज श्रेष्ठसँग पनि छलफल गर्ने भएका छन् ।​

प्रतिक्रिया दिनुहोस्