४८ घण्टाको लागि नेपाल-भारत सीमा बन्द



कपिलवस्तु । कपिलवस्तुको सिमावर्ती जिल्ला भारतको सिद्धार्थनगरमा शुक्रबार हुन लागेको निर्वाचनलाई मध्यनजर गर्दै मंगलबार साँझ ६ बजेदेखि ४८ घण्टाको लागि नेपाल भारत सीमा बन्द गरिएको छ।

जिल्लाको कृष्णनगर, मर्यादपुर, चाकरचौडा, सिवलवा लगायतका नाकामा यातायात तथा मानिसको आवतजावतलाई पूर्ण रुपमा बन्द गरिएको छ ।

भारतको सिद्धार्थनगर जिल्ला र कपिलवस्तु तर्फका जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुको आपसी बैठक र सहमतिबाट ४८ घण्टासम्म सीमा क्षेत्रलाई पूर्ण रुपमा ठप्प पार्ने निर्णय भएको हो ।

यस अवधिमा औषधी उपचारका लागि अति आवश्यक काम पर्ने सर्वसाधारणले सीमा क्षेत्रमा खटिएका सुरक्षा अधिकारीसँग समन्वय गरी सीमा पार गर्न सकिने प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पाण्डे बताए ।

प्रतिक्रिया दिनुहोस्