जेलमा रहेका दुई पत्रकारद्वारा पुनरावेदन दर्ता



 

याङ्गुन : काराबास सजाय भोगी रहेका म्यानमारका दुई पत्रकारले सोमबार पुनरावेदनका लागि निवेदन दर्ता गराएका छन् । सात बर्ष जेल सजाय सुनाइएका रोयटर्सका लागि कार्यरत ती पत्रकारहरूले आफुहरुको फैसला उल्ट्याउन माग गर्दै निवेदन दर्ता गरेका हुन् । 

 

रोहिङ्ग्याका बारेमा उनीहरुले लेखेको समाचारको विषयलाई लिएर सरकारी पक्षले असन्तुष्टी जनाउदै उनीहरुलाई काराबास सजाय दिएको थियो । कारावास सजाय भोगिरहेका ३२ बर्षीय वा लोन र २८ बर्षीय क्याव सोए ओलाई राज्यको गोपनीयता विपरित काम गरेको आरोप लगाइएको छ । 

 

गत सेप्टेम्बरमा उनीहरूले रोहिङ्ग्याहरु माथि सेनाले ज्यादती गरेको र कतिपयलाई अनाहकमा पारेको समाचार प्रकाशन गरेका थिए । रोयटर्सका अध्यक्ष तथा प्रधान सम्पादक स्टेफन जे अडलेरले प्रमाणहरुलाई शासकहरुले वेवास्ता गरेको र गलत टिप्पणी गरेको बताउनु भएको छ । 

थुन्नु पर्ने कारण विना नै उनीहरुलाई थुनिएकाले तत्काल रिहा गर्न माग गर्दै निवेदन दर्ता गरिएको पनि उहाँले जानकारी दिनुभयो । समाचार लेखेकै आधारमा पत्रकारलाई जेल हालेको भन्दै म्यानमारकी नेतृ आङ्साङ सुचीको आलोचना भएको छ । 

प्रतिक्रिया दिनुहोस्