जनकपुरमा सफाइको यो दृश्य ! (फोटो फिचर)



जनकपुरधाम : शनिवार प्रायः जनकपुरमा कुनै न कुनै समूहले सरसफाइ चलाइरहेका हुन्छन्। जनकपुरका व्यस्त सडक, चोक गल्ली त्यसबेला केही समय भए पनि सुनसाथ पारिन्छ। ‘व्यापक सफाइ’ हुन्छ। 

जनकपुरका सडक, रेल्वे स्टेसन, गंगासागरघाट, जानकी मन्दिर, मुख्य मन्त्री आवश क्षेत्रमा प्रायः सफाइ अभियानीहरु हरेक साताजसो झाडु लिएर भेला हुने गर्छन्। 

तर आज शनिबार भने जनकपुरमा फरक दृश्य थियो। उपमहानगरपालिका १ मुसहरीबाट वडाध्यक्षको नेतृत्वमा केही युवायुवती हातमा झाडु लिएर सडक उत्रिएका थिए। हेर्दा बाहिरबाट आएका जस्ता देखिने उनीहरुले केहीबेरमै जनकपुरको फोहोर सिनित्तै पार्छन् भन्ने सबैले सोचेका थिए। 

तर धार्मिक नगरी जनकपुरमा सफा गर्न उनीहरु उत्रिएका थिएनन्। वास्तविकता अर्कै थियो। कालो टि सर्ट, जिन्स पेन्ट लगाएका ३५ जनाजति युवाको समूह भविष्यमा मोडलिङ गर्ने उद्देश्यले प्रशिक्षण उत्रिएका थिए। 

मेडल हन्टका आयोजकले सामाजिक क्रियाकलापअन्तर्गत सरसफाइको कार्यक्रम पनि समावेश गरेपछि उनीहरुको यो बाध्यताले यो विघ्न चर्चा पाएको हो। 

हातमा ग्लब्स र झाडु दिएर उक्त संस्थाले यो टोलीलाई सरसफाइमा पठाएको उनीहरुको भनाइबाट पुष्टि भएको थियो। उनीहरुले जनकपुरको मिल्स एरिया, ऐतिहासिक गंगासागर र जानकी मन्दिर सरसफाइ गरेको दृश्य एकैछिनमा चर्चित बन्यो।

गंगा सागरमा सेभ हिस्टोरिकल जनकपुरका संयोजक तथा प्रदेशसभा सदस्य रामआशीष यादवले सफाइ गर्दै हिँडेका यी ‘मोडल’ युवायुवतीलाई प्लास्टिकको झोला प्रयोगलाई कसरी निर्मूल पार्ने भनेर व्याख्या गरिरहेका थिए।

यस्तै सफाइमा हिँडेका युवा युवतीले यो सफाइले फरक अनुभूति भएको प्रतिक्रिया दिएका थिए। 

 

 

प्रतिक्रिया दिनुहोस्