प्लाष्टिकको छानामुनि बस्न बाध्य कैदी



डोटी : जिल्ला कारागारका कैदी प्लाष्टिकको छानामुनि  बस्न बाध्य भएका छन् । कारागार भवन जीर्ण भएर चुहिन थालेपछि उनीहरु  कष्टकर जीवन बिताउन बाध्य भएका हुन् । झरी परेका बेला पानी चुहिन्छ । जीर्ण कारागार भवन टालटुल गरे पानी चुहिने समस्या हटेको छैन । पानी चुहिने भएपछि कैदी प्लाष्टिक राखेर सुत्ने गरेका छन् ।

“राणाकालमा निर्माण गरिएको भवनमा स्लेट खिइएर झर्न थालेको छ”, कैदीबन्दीका नाइके दीपेन्द्र जेठाराले भने, “दिउँसो चौरमा बस्छौँ, छानो खस्ने  चिन्ताले पिरोल्छ ।” ढोका पुरानो भएका कारण लगाउन नमिल्ने अवस्थामा छ ।

बजेट अभावका कारण जीर्ण भवन मर्मतसम्भार गर्न नसकिएको कारागारका प्रमुख राजन केसीले बताए । पच्चीस कैदीको क्षमता रहेको डोटी कारागारमा हाल ४३ पुरुष कैदी ४३ र चार महिला कैदी रहेका छन् । क्षमताभन्दा बढी कैदी हुँदा खानेपानी र शौचालयको समस्या भएको छ । पालो पखर्नुपर्ने अवस्था छ ।  

 

प्रतिक्रिया दिनुहोस्