सांसद प्रदीप यादवमाथिको कारबाही फुकुवा



काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले संसाद प्रदीप यादवमाथि गरेको कारबाही फुकुवा गरेको छ। केन्द्रीय कार्यकारी समितिको जारी बैठकले उनीमाथि यसअघि गरेको कारबाही फुकुवा गरेको हो।

जसपाले उनीमाथि यसअघि पार्टीको आचारसंहिता विपरित गतिविधि गरेको भन्दै कारबाही गरेको थियो। शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीले पठाएको मन्त्री सूचीमा आफ्नो नाम नभएको भन्दै पार्टी अध्यक्षको विरोध प्रदर्शनसहित पुत्ला दहन गरेको आरोप छ। सोही कारण उनलाई पार्टीले केन्द्रीय सदस्यबाट हटाएको थियो।

उनीमाथि पार्टीको झण्डा जलाउन संलग्न भएको आरोप समेत छ। यद्यपि, सांसद यादवले भने आरोप अस्वीकार गरेका छन्।

प्रतिक्रिया दिनुहोस्