भारतबाट ५ बालबालिकाको उद्धार 



बाँके : पाँच जना बालबालिकालाई भारतको लखनउबाट उद्धार गरीएको छ। दुई बालिका र तीन बालकलाई उद्धार गरी नेपालगन्ज ल्याइएको छ।

शक्ति समूह नेपालको सहयोगमा उत्तर प्रदेशको राजधानी लखनउस्थित विभिन्न होटल र कारखानामा काम गर्दै आएका बालबालिकालाई उद्धार गरिएको हो।

नेपाल ल्याइएका सबै १६ वर्ष मुनिका रहेको शक्ति समूह नेपालगन्जका क्षेत्रीय अधिकृत निर्मला थापाले जानकारी दिइन्।

बालकलाई सिविन नेपालगन्जको बालगृहमा राखिएको छ भने बालिकालाई शक्ति समूहको आपतकालीन आवास गृहमा राखिएको छ। उनले अभिभावक सम्पर्कमा आएपछि जिम्मा लगाउने जानकारी दिइन्।

 

प्रतिक्रिया दिनुहोस्