यस्तो बन्यो कलंकी–कोटेश्वर सडक खण्ड, विकसित देशको भन्दा कम छैन (फोटोफिचर)



काठमाडौं : काठमाडौंको कलंकी–कोटेश्वर सडकमा पुग्दा कुनै विकसित देशमा पुगेको आभाष हुन्छ ।  कारण हो बिस्तारपछि बनेको चिल्लो र फराकिलो सडक । चीनको आर्थिक तथा प्राविधिक सहयोगमा सडक निर्माण भएको हो ।

सडक बनाउने क्रममा यो सडकमा हिँड्नेहरु धुलो उडेर हैरान बनेका थिए । तर अहिले सडक सफा र चिल्लो भएको छ ।  

चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले २०७१ सालमा यो सडक विस्तार सुरु गरेको थियो । सुरुमा २०७४ भित्र सडक बनाइसक्ने लक्ष्य राखिए पनि भूकम्प, नाकाबन्दीलगायत विभिन्न समस्याका कारण झण्डै दुई वर्ष ढिलो गरी सडक निर्माण भएको हो ।  

कलंकीदेखि बल्खु, सातदोबाटो हुँदै कोटेश्वर चोकसम्मको १० दशमलब ३९ किलोमिटर सडक ८ लेनमा विस्तार गरिएको हो । सडकमा बनाउनुपर्ने पुल तथा कलंकीको अण्डरपास सबैको काम सकिसकेको छ । 

थप तस्विरः

प्रतिक्रिया दिनुहोस्