विप्लव र प्रकाण्डले भेटे एमाले नेता भीम रावललाई



काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एमाले नेता भीम रावललाई भेटेका छन् । बिहीबार बिहान नेता रावलनिवासमा नेतात्रयबीच भेटवार्ता भएको हो ।

भेटमा एमसीसी र राष्ट्रिय स्वाधीनता रक्षाको पक्षमा एकताबद्ध भएर संघर्ष गर्ने विषयमा छलफल भएको विप्लवको सचिवालयले जनाएको छ । यसमा रावलले पनि सकारात्मक जवाफ दिएको सचिवालयको भनाइ छ ।

विप्लवले बुधबार माओवादी नेता नारायणकाजी श्रेष्ठ, नेकपा एसका नेता झलनाथ खनाललगायतलाई समेत भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस्