सञ्चारमन्त्री कार्कीले भने- एमसीसीलाई समयमै सम्पन्न गराउनेतर्फ गठबन्धनको ध्यान जान्छ



काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी कार्यान्वयनमा सरकार केन्द्रीत हुने बताएका छन् । बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको चारदलीय सत्ता गठबन्धनको बैठकपछि बोल्दै एमसीसी संसद्‌बाट अनुमोदन भएको भन्दै अब यसको कार्यान्वयन प्रक्रियालाई तीव्रता दिनुपर्ने उनले बताए।

कार्कीले एमसीसी कार्यान्वयनको पक्षलाई ढिलाई गर्न नहुने विषयमा छलफल भएको बताए। ‘एमसीसी संसद्‌बाट एकमतमा अनुमोदन भइसकेपछि चार दलको बैठक बसेको छ। प्रधानमन्त्रीले एमसीसी अनुमोदनमा सहयोग गर्ने नेता र दलहरुलाई धन्यवाद व्यक्त गर्नुभयो,’उनले भने,‘अबको विकसित राजनीतिक परिस्थितिका बारेमा सरकार र गठबन्धन दलको के भूमिका रहने भन्ने विषयमा छलफल केन्द्रित रह्यो।’

उनले एमसीसीलाई पाँच वर्षभित्रमा पूरा गरेर अघि बढ्नुपर्नेमा गठबन्धनभित्र छलफल भएको भन्दै त्यसतर्फ सरकारको ध्यान अघि बढ्ने बताए।

प्रतिक्रिया दिनुहोस्