कसले सुनिदेला कञ्चपुरवासीको पीडा ?



धनगढी : लामो समयदेखि जंगली जनावर र सीमानाकामा भारतीय पक्षबाट कञ्चनपुरवासी प्रताडित भएका छन् । जिल्लाका दक्षिणी क्षेत्रका बासिन्दाले प्रदेश सरकारलाई त्यसको समाधान गरिदिन माग गर्दै आएका छन् ।

 

जंगली जनावरका कारण हरेक वर्ष जिल्लामा ठूलो जनधनको क्षति हुने गरेको छ । त्यसबाट छुटकारा दिलाइदिन उनीहरु प्रदेश सरकारसमक्ष पुगेका छन् । संघर्ष समिति नै बनाएर उनीहरु सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेका हुन् । 

 

उनीहरुले समस्या समाधानबारे मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाए । किसानले लगाएको अन्नबाली हात्तीले नष्ट गरिदिने, घरटहरा भत्काइदिने र कैयौंको ज्यानसमेत लिने गरेको उनीहरुको गुनासो थियो । जंगली जनावरको आतंक रोक्न राज्यले व्यवस्था गरिदिनुपर्ने र आफूहरुले क्षतिपूर्ति पाउनुपर्ने दुधवा निकुञ्ज वन्यजन्तु पीडित संघर्ष समितिका अध्यक्ष केशवप्रसाद तिमिल्सिनाले बताए । 

 

सीमानाकामा रहेका कञ्चनपुरवासीलाई पटक पटक भारतीयले दुव्र्यवहार गरेको भन्दै उनीहरुले यस मुद्दा पनि उठाएका छन् । भारतीय पक्षबाट महिलामाथि दुव्र्यहार भएको उनीहरुको गुनासो छ । शारीरिक र मानसिक यातना पाइरहेको भन्दै महिलाहरुले सुरक्षाको माग गरेका छन् । उनीहरुले 

 

संघर्ष समितिले नौबुँदे मागसहित प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समस्या सम्बोधनका लागि प्रदेश र केन्द्र सरकारबाट पहल गरिने आश्वासन दिलाएका छन् । 

 

सीमा क्षेत्रका यस्ता समस्या नौलो भने पक्कै होइन । पटक पटक समस्याबारे सम्बन्धित निकायमा जानकारी गराए पनि समस्या ज्यूँका त्यूँ छ । अहिलेसम्म न संघीय सरकार, न प्रदेश सरकारले समस्या सम्बोधन गर्न सकेको छ ।

हात्तीले नष्ट गरेकाे धानबाली

प्रतिक्रिया दिनुहोस्