जबराविरुद्धको महाअभियोग अविलम्ब पारित गरियोस् : नेपाल बार



काठमाडौं । नेपाल बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव छिट्टै पारित गर्न माग गरेको छ । बिहीबार नेपाल बारको १५औँ राष्ट्रिय सम्मेलनले पारित गरेको २२ बुँदे घोषणपत्र सार्वजनिक गर्दै बारले उनीविरुद्धको महाअभियोग प्रस्ताव छिट्टै पारित गर्न माग पनि गरेको हो ।

जबरालाई अब न्यायपालिका र सार्वजनिक दायित्वका पदमा स्वीकार गर्न नसकिने पनि नेपाल बारले जनाएको छ । “प्रतिनिधिसभामा महाअभियोगको प्रस्ताव दर्ता भई निलम्बित भएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको प्रस्तावउपर यथाशीघ्र कारबाही प्रारम्भ गरी पारित गर्न नेपाल बार एसोसिएसनको यो सम्मेलन माग गर्दछ,” घोषणापत्रमा भनिएको छ ।

नेपाल बारले जबराको बहिर्गमन नै न्यायपालिका सुधारको आधार नभई सुधारको प्रस्थानविन्दु भएको जनाएको छ । यस्तै, भ्रष्टाचारलगायत विषयमा अरू न्यायाधीशमाथि छानबिन हुनुपर्ने माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्