चीनबाट सिमेन्ट बोकेर आउँदै गरेको ट्रक दुर्घटना, चालक र सहचालक घाइते



पोखरा : चीनबाट सिमेन्ट बोकेर नेपाल छिरेको ट्रक दुर्घटनामा परेको छ। मुस्ताङको कोरला नाकामा गएराति ट्रक पल्टिएको हो। नेपाल–चीन सीमानाकाबाट पाँच किलोमिटर उत्तर चीनतर्फ शनिबार सुरु भएको व्यापार मेलाबाट उक्त ट्रक सिमेन्ट बोकेर आउँदै थियो।

दुर्घटनामा चालक र सहचालक घाइते भएका छन्। चीनतर्फ हुने उक्त मेलामा दुई देशका मानिसले आफ्नो ठाउँमा उत्पादित लत्ता कपडादेखि खाद्यन्न विक्रीमा राख्ने गर्छन्।

मेलामा नेपालीहरुले स्थानीय खाद्यन्नहरु, पस्मिनाका सामान बिक्री गर्न राख्छन् । चीनतर्फबाट विद्युतीय उपकरण, लुगा, खाद्यन्न र निर्माण सामाग्रीहरु विक्रीका लागि ल्याउँछन्।   

प्रतिक्रिया दिनुहोस्