खेलकुद मन्त्रीको दाबी, ‘एमसिसीको विषयमा नेपालीको स्वाभिमान बचाइँयो’



काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले एमसीसीमा देशको स्वाभिमान झुक्न नदिने बताएका छन्। काभ्रेको कोसीपूर्वमा अवस्थित चौंरीदेउराली गाउँपालिका–७ मादनकुँडारीस्थित ‘शहीद एवं बेपत्ता परिवार सम्मान एवं सालिक अनावरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)का विषयमा नेपालीको स्वाभिमान झुक्न नदिइएकोसमेत दाबी गरे।
‘एमसिसीमा नेपालीको स्वाभिमान झुक्न दिइने छैन, यदि १२ बुँदे व्याख्यात्मक टिप्पणीको बेवास्ता भए हामीले मानिहाल्नुपर्ने अवस्था रहन्न’ उनले भने।

कार्यक्रममा बागमती प्रदेशका युवा तथा खेलकूदमन्त्री रत्न ढकालले शहीदको रगतले नयाँ नेपाल बनाउने प्रेरणा मिलेको जनाउँदै राजनीतिक स्थिरता तथा समाजवाद उन्मुख परिवर्तनको आवश्यकता औंल्याए। सांसद गंगाबहादुर दोङले एमसिसीका विषयमा सकारात्मक पहलबाट देश विभाजन हुनबाट जोगिएको धाराणा राखे।

प्रतिक्रिया दिनुहोस्