सभापति देउवाविनै कांग्रेस पदाधिकारी बैठक



काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको उपस्थिति विनै पदाधिकारी बैठक सुर भएको छ । कांग्रेसको कन्द्रीय कार्यालय सानेपामा सभापति देउवाविनै पदाधिकारीको बैठक सुरु भएको हो । आज बसेको पदाधिकारी बैठकले भ्रातृ संस्थाको विधान टुंग्याउन जनाइएको छ ।

पदाधिकारीको बैठकले हालसम्म दलित संघको विधान टुंग्याएको छ । बैठकमा किसान संघ, महिला संघ, प्रजातान्त्रिक सेनानी संघ र सांस्कृतिक संघको विधानबारे छलफल भइरहेको छ ।

बाँकी रहेका भ्रातृ संस्थाको विधान २–३ दिनमा टुंगिनेछ । बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मा उपस्थित रहेका छन् भने सह–महामन्त्री उमाकान्त चौधरी उपस्थित छैनन् ।

प्रतिक्रिया दिनुहोस्