मुख्यमन्त्री राईको स्वास्थ्यमा सुधार



काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको स्वास्थ्यमा सुधार भएको छ । उनको  थाइल्याण्डकाे बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको छ । मुख्यमन्त्री राई घाँटीको समस्या पत्ता नलागेपछि उपचारका लागि शुक्रबार थाइल्याण्ड लगिएकाे थियाे ।

 

मुख्यमन्त्री राईको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको उनको प्रेस संयोजक ध्रुव सुवेदीले जानकारी गराउनु भएको छ । उनको स्वास्थ्य सम्बन्धी विस्तृत रिपोर्ट भने कार्तिक २६ गते प्राप्त हुने प्रेस संयोजक सुवेदीले बताए । मुख्यमन्त्री राई उपचारका लागि निजी खर्चमा थाइल्याण्ड गएका हुन् ।

प्रतिक्रिया दिनुहोस्