सीपी मैनालीसहितका ११ दलले एमसीसीविरुद्ध आन्दोलन गर्ने



काठमाडौं । अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरोधमा साना दलहरुले आन्दोलनको घोषणा गरेका छन्। गत आइतबारको प्रतिनिधि सभा बैठकले ब्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेपछि यसको बिरोध भइरहेको छ।
यसबैबीच एमसीसीको विरोधमा ११ दलीय गठबन्धनले संयुक्त जनआन्दोलनको घोषणा गरेका छन्। नेकपा मालेसहितका ११ दलले सोमबार दिउँसो १ बजे विरोधसभाको आयोजना गरेका छन्।

सीपी मैनाली महासचिव रहेको नेकपा (माले) लगायत ११ दलले एमसीसी सम्झौता विरुद्ध २३ गते जनआन्दोलन थाल्न लागेको जनाएका छन्। सो दिन मध्यान्ह साढे १२ बजे रत्नपार्कमा भेला भएर जुलुससहित इन्द्रचोक जाने कार्यक्रम रहेको ११ दलले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

एमसीसी धेरै पक्षबाट राष्ट्रघाती देखिएकाले त्यसको बिरोध गर्दै संसदबाट अस्वीकृत गराउन आन्दोलनको आवश्यकता भएको ती दलहरुको ठहर छ। आन्दोलनको घोषणा गर्नेहरुमा सीपी मैनाली नेतृत्वको नेकपा माले, सुवासराज वाग्ले अध्यक्ष रहेको जनसमाजवादी पार्टी, तरानाथ लुइटेल अध्यक्ष रहेको संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा लगायत रहेका छन्।

प्रतिक्रिया दिनुहोस्