सुनको मूल्य तोलामा ९ सयले बढ्यो 



काठमाडाैं । सुनको साताको अन्तिम दिन शुक्रबार प्रतितोलामा  ९०० रुपैयाँका दरले बढेको छ । शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुन तोलाको ९९ हजारमा कारोबार भएको थियो ।

यसैगरी शुक्रबार तेजाबी सुनको भाउ तोलाको ९९ हजार ४०० निर्धारण भएको छ । चाँदीको मूल्य भने स्थिर छ । बिहीबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्