सिकारु ड्राइभरले बस चलाउँदा दुर्घटना, ३० जनाभन्दा बढी घाइते



नेपालगन्ज : काठमाडौंबाट बझाङका लागि छुटेको सुदूरपश्चिम यातायातको साइपाल डिलक्स बस बर्दियाको रम्भापुरमा आज बिहान दुर्घटनामा परेको छ।

दुर्घटनामा ३० भन्दा बढी यात्रु घाइते भएका छन्। ५ जनाको अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ। घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।

काठमाडौंबाट शनिबार बिहान ११ः३० बजे बझाङका लागि छुटेको ना६ख १३३९ नम्बरको बस आज बिहान ४ बजे दुर्घटना भएको हाे। 

बस चालक सिकारु भएकाले दुर्घटना भएको बसमा सवार यात्रुले बताएका छन्। घाइतेहरुलाई नेपाल प्रहरी, नेपाली सेनाले उद्धार गरी अस्पताल पुर्याएका छन्।  

प्रतिक्रिया दिनुहोस्